Hamro-Mobile-APP

सरकार विरुद्ध काँग्रेसको ¥याली, सरकार तानाशाही भएको आरोप

 सोमवार, माघ २१, २०७५ | onlinenews

रामेछाप– नेपाली काँग्रेस रामेछापले सरकारको विरुद्धमा विरोध ¥याली प्रदर्शन गरेको छ । ¥यालीपछि आयोजना गरिएको कोणसभालाई संवोधन गर्ने क्रममा काँग्रेस नेताहरुले वर्तमान सरकार तानाशाही भएको आरोप लगाएका हुन् ।
सरकारले हत्या, बलात्कार, भ्रष्टाचार लगायतका घटनामा संलग्न भएका ब्यक्तिलाई संरक्षण दिएको काँग्रेसको आरोप छ । कोणसभामा काँग्रेस नेताहरुले प्रहरीमाथि समेत आक्रोस ब्यक्त गरे । कोणसभा कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले प्रहरीसँग हिसाब किताव गर्न बाँकीनै रहेको बताए ।
उनले ¥यालीमा हिडेका काँग्रेस कार्यकर्तालाई प्रहरीले धम्क्याएको समेत आरोप लगाए । माओवादीले मारेर काँग्रेस नसकिएको भन्दै प्रहरीले थर्काउँदैमा काँग्रेस नझुक्ने कार्कीको भनाई थियो । त्यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरी ढुङ्गेलले वर्तमान सरकारले हत्याहिंसा बलात्कारजस्त अपराधमा सम्लग्न ब्यक्तिको संरक्षण गरिरहेको बताए ।
वर्तमान सरकार कम्युनिष्ट सरकार नभएर कमाउनिष्ट सरकार भएको ढुङ्गेलेको भनाई छ । वर्तमान सरकार कमाउने धन्दामा लागेको उनले आरोप लगाए ।

कोणसभालाई संवोधन गर्दै नेपाली काँग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले सरकारले जनतालाई झुक्याएर काम गरिरहेको बताए । सरकारले गलत काम नसच्याए शसक्त आन्दोलन गर्ने पनि न्यौपानेले बताए । सरकारले काँग्रेसको मागहरुलाई बेवास्ता गरेर अगाडि बड्न खोजे त्यसको मुल्य महंगो पर्ने चेतावनी समेत दिए ।
सरकारले गरेका गल्तीलाई तत्काल नसच्याए र काँग्रेसको मागलाई बेवास्त गरे कम्युनिष्ट भन्ने पार्टी नै नेपालमा टर्च बालेर खोज्नु पर्ने स्थिति आउँने उनको भनाई छ ।
मन्थलीस्थित विपि चोकबाट सुरु भएको विरोध ¥यालीमा ओली सरकार चाहिदैन, हत्या आतंक बन्दा गर, कालोबजारी नियन्त्ररण गर, निर्मलाको हत्यारालाई सार्वजनिक गर, अधिनायकबाद अन्त्य गर लगायतका नारा लगाउँदै बजार परिक्रमा गरी पुनः विपि चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रतिकृया

Add