Hamro-Mobile-APP

रामेछाप सिभिल च्याम्पियनशिप २०७५ सुरु

 मङ्लबार, माघ २२, २०७५ | onlinenews

रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा मन्थली मेयरकप रामेछाप च्याम्पियनशिप चौथो पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि मन्थलीमा सुुरु भएको छ ।
मंगलबार भएको उद्धघाटन खेलमा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई जितेको छ । प्रदेश नं १ ले २५–१८, २५–२१ र २५–२२ को अन्तरले जितेको थियो । मंगलबारकै प्रदेश नं ७ र प्रदेश नं ३ सँग भएको दोस्रो खेलमा प्रदेश नं ३ ले २५–२३, २५–२१ र २५–२३ को अन्तरले प्रेदश नम्बर ३ जितेको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ३ लाख, २ लाख र १ लाख नगर पुरस्कार सहित शिल्ड, मेडल, र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सान्तवना हुने टिमले नगद ५० हजार पाउने छन । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया

Add