Hamro-Mobile-APP

रामेछाप सिभिल च्याम्पियनशिप अन्तर्गत आज ४ खेल सुदुरपश्चिम बाहिरियो

 बुधबार, माघ २३, २०७५ | onlinenews

रामेछाप- “मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५” (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज चार खेल भएका छन् ।
अज भएको पहिलो खेलमा ३ नम्बर प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । ३ नम्बर प्रदेश र गण्डकी प्रदेशबीच भएको खेलमा २४–२६, ९–२५ र १९–२५ ले गण्डकी प्रदेश विजयी भएको छ ।


नमूना दीप युवा क्लब र २ नम्बर प्रदेशबीच भएको दोश्रो खेलमा १९–२५, २५–२३ र २५–१२ ले नमूना दीप युवा क्लव विजयी भएको छ ।
त्यसैगरी शान्ति दीप युवा क्लव र प्याराडाइज युथ क्लबीच भएको तेश्रो खेलमा २५–१९, २५–१८ र २५–१७ ले शान्ति दीप युवा क्लव विजयी भएको छ ।
त्यस्तै गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच भएको चौथो खेलमा २५–१८, २५–२० र २५–१८ ले गण्डकी प्रदेश विजयी भएसँगै लिग चरणको खेल सकिएको छ । लिग चरणको खेल सकिदा सुदुरपश्चिम प्रदेश खेलबाट बाहिरिएको छ ।
भोली क्वाटर फाइनका खेल हुने आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

प्रतिकृया

Add