Hamro-Mobile-APP

‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ क्वाटर फाइनलको खेल सकियो, भोली सेमिफाइनल खेल हुने

 बिहिबार, माघ २४, २०७५ | onlinenews

रामेछाप– ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) अन्तर्गत क्वाटर फाइनका खेलहरु सकिएको छ ।
बिहीबार भएको क्वाटर फाइनलको खेलबाट गण्डकी प्रदेश, प्रदेश नम्बर १, नमुना दीप युवा क्लव र शान्तिदीप युवा क्लवल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको क्वाटरफाइनल चरणको पहिलो खेलमा २ नम्बर प्रदेश र गण्डकी प्रदेशबीच भएको खेलमा २५–१९, २५–१६ र २५–१४ ले गण्डकी प्रदेश विजयी भएको छ ।
प्रदेश नम्बर १ र प्याराडाइज क्लव खिम्तीबीच भएको दोश्रो खेलमा २५–२१, २५–२१ र २५–२३ ले प्रदेश न १ विजयी भएको छ ।
त्यस्तै नमुनादीप युवा क्लव र प्रदेश नम्बर ३ बीच भएको तेश्रो खेलमा २५–११, ३३–३१, १७–२५ र २५–२१ ले विजयी हुदैन नमूनादीप सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यसैगरी क्वाटर फाइनलको चौथो खेलमा शान्तिदीप युवा क्लवले कर्णाली प्रदेशलाई २५–१५, २५–१२ र २५–१३ ले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । भोली सेमिफाइनलको खेल हुने आयोजक संस्था जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

प्रतिकृया

Add