Hamro-Mobile-APP

वर्षाको कारण रामेछापमा जारी राष्ट्रिय भलिबल प्रतियोगिता प्रभावित

 शनिबार, माघ २६, २०७५ | onlinenews

रामेछाप– वर्षाको कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जारी ‘मन्थली ‘मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) को फाइनल खेल प्रभावित भएको छ ।
फाइनल खेल आज बिहान ८ बजेबाट सुरु हुने समय तालिका रहेको भए पनि वर्षाको कारण खेल सुरु हुन सकेको छैन । रामेछाप जिल्लामा गय रातिदेखि नै सुरु भएको भारी वर्षा अहिलेसम्म लगातार जारी नै छ ।
शुक्रबार भएको सेमिफाइनल खेलमा रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा गण्डकी प्रदेश र नमूनादीप युव क्लव प्रवेश गरेको थियो ।
शनिबार हुने खेलको पहिलो चरणमा तेस्रो स्थानका लागि प्रदेश नम्बर १ र शान्तिदीप युवा क्लवबीच खेल हुने कार्यतालिका रहेको थियो । तेश्रो स्थानको लागि हुने प्रतिपर्धा सकिएपछि ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ को उपाधिको लागि गण्डकी प्रदेश र नमूना दीप युवा क्लबबीच प्रतिपस्र्धा हुने खेल तालिका रहेको थियो ।
पानी रहेर दिउसो १ बजेसम्म खेलाडीलाई मैदान प्रवेश गराउँन सक्ने अवस्था भए आज फाइनल खेल हुने र दिउँसो १ बजेसम्म पनि खेलाडी मैदान प्रवेश गर्ने अवस्था नआएमा आजको लागि तोकिएको फाइनल खेलको तालिका स्थगित हुने जिल्ला खेलकुद विकास समिति रामेछापमा अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए ।

प्रतिकृया

Add