Hamro-Mobile-APP

वर्षाको कारण रामेछापमा जारी राष्ट्रिय भलिबल प्रतियोगिता स्थगित

 शनिबार, माघ २६, २०७५ | onlinenews

रामेछाप- वर्षाको कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जारी ‘मन्थली ‘मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) को फाइनल खेल स्थगित भएको छ ।
रामेछाप जिल्लामा गय रातिदेखि नै सुरु भएको भारी वर्षा नरोकिपछि आज हुने भनिएको फाइनल खेल स्थगति गरिएको हो ।
शनिबार हुने खेलको पहिलो चरणमा तेस्रो स्थानका लागि प्रदेश नम्बर १ र शान्तिदीप युवा क्लवबीच खेल हुने कार्यतालिका रहेको थियो । तेश्रो स्थानको लागि हुने प्रतिपर्धा सकिएपछि ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ को उपाधिको लागि गण्डकी प्रदेश र नमूना दीप युवा क्लबबीच प्रतिपस्र्धा हुने खेल तालिका रहेको थियो ।
तर, दिन भर वर्ष नरोकिएपछि आज हुने भनिएको खेल भोली विहान ८ बेजेबाट सुरु हुने गरि खेल स्थगित गरिएको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिनुभयो ।

प्रतिकृया

Add