Hamro-Mobile-APP

‘रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ को उपाधि गण्डकी प्रदेशलाई

 आइतवार, माघ २७, २०७५ | onlinenews

रामेछाप– ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) को उपाधि गण्डकी प्रदेशले जितेको छ ।
आज भएको फाइनल खेलमा गण्डकी प्रदेश ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ को विजेता बनेको हो ।
गण्डकी प्रदेश र नमुनादीप युवा क्लवबीच भएको खेलमा २५–२२, २५–२१, २५–१८ को सोझो सेटमा नमूनादी युवा क्लवलाई पराजित गर्दै गण्डकी प्रदेशले ‘रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ को उपाधि उचालेको हो ।


‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) को विजेता गण्डकी प्रदेशले ३ लाख नगद शिल्ड, मेडल र प्रमाण–पत्र पाएको छ । त्यसैगरी उपविजेता नमूनादीप युवा क्लव रामेछापले २ लाख रुपैयाँ नगद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यसैगरी तृतीय पुरस्कार शान्तिदीप यूवा क्लव मन्थली रामेछापले पाएको छ भने शान्तोना पुरस्कार प्रदेश नम्बर १ ले पाएको छ । तृतीय पुरस्कार १ लाख नगद शिल्ड मेडल र प्रमाण–पत्र रहेको थियो भने शान्तोना पुरस्कार ५० हजार रुपैयाँ नगद, मेडल ट्रफी र प्रमाण–पत्र रहेको थियो ।

प्रतिकृया

Add