Hamro-Mobile-APP

गत वर्ष उत्कृष्ट कर्मचारी, यस वर्ष हथकडी

 मङ्लबार, फाल्गुन ७, २०७५ | onlinenews

महेन्द्रनगर- गत वर्ष कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाले बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो ।
न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बजागाईंलाई सम्मान गरेको थियो ।
सम्मानीत भएको क वर्षमै उनी ६० हजार घूससहित रंगेहात पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइन्जिनियर बजगाईंलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले ६० हजार घूससहित रंगेहात पक्राउ गरेको हो ।
कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेका अवस्थामा बचगाई पक्राउ परेका हुन् ।

प्रतिकृया

Add