Hamro-Mobile-APP

नेविसंघको तदर्थ समिति संयोजकमा जमुना ढकालको सम्भावना

 मङ्लबार, फाल्गुन १४, २०७५ | onlinenews

काठमाडौं– नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिको संयोजकमा जमुना ढकालको सम्भावना बढेको छ ।
नेविसंघको स्थापना कालदेखि अहिलेसम्म केन्द्रिय समितिमा महिलालाई नेतृत्वको जिम्मेवारी नदिएकाले अब जिम्मेवारी महिलालाई दिन चौतर्फी आवाज उठेपछि तदर्थ समितिको संयोजकमा ढकालको सम्भावना बढ्दै गएको हो ।
तदर्थ समितिमा उमेर हदबन्दी नलाग्ने बहस चलिरहेको बेला संयोजकमा ढकालको सम्भावना बढेको हो । ढकाल विगत लामो समयदेखि नेविसंघको राजनीतिमा अग्रणी मोर्चामा रहेर भूमिका निर्वाह गर्दै आएकी छन् ।
नेविसंघ रुपन्देही जिल्लाको २ कार्यकाल अध्यक्ष समेत भइसकेकी ढकाल देशभरमै पहिलो महिला जिल्ला अध्यक्ष हुन् । साथै उनी एक पटक निर्वाचित र एक पटक मनोनित भएर दुई कार्यकाल केन्द्रीय समिति सदस्य समेत बनिसकेकी छन् ।
नेविसंघ भित्र शसक्त र जुझारु नेतृको रुपमा स्थापित भइसकेकी ढकाल पार्टी सभापति शेरबहादुर देउवा समूहकी नेतृ हुन् ।
कांग्रेसको इतिहासमा अहिलेसम्म नेविसंघको नेतृत्व महिलाले नगरेका कारण आफू अरू भन्दा फरक रहेको देखाउन पनि तदर्थ समितिको संयोजक आपूm बन्नुपर्ने ढकालको दावि छ । आपूmले नेतृत्व पाएमा तोकेकै समयमा अधिवेशन गराएर देशभरी नेविसंघलाई सक्रिय बनाउने पनि उनले बताइन ।

प्रतिकृया

Add