Hamro-Mobile-APP

काँग्रेस सभापति देउवा रामेछाप आउँदै

 बुधबार, फाल्गुन १५, २०७५ | onlinenews

रामेछाप– द्वन्द्वकालमा तत्कालीन माओवादीद्धारा हत्या गरिएका नेपाली काँग्रेसका स्थानीय नेता टिकाराज आरनको शालिक अनावरण गर्न नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा बिहीबार रामेछाप आउने भएका छन् ।


पुरानागाउँको सिम्लेमा निर्माण गरिएको टिकाराज आरनको शालिक अनावरण गर्न पार्टी सभापति देउवा आउने भएका हुन् ।
नेपाली काँग्रेसका स्थानीय नेता आरनको २०५७ साल फागुन १६ गते तत्कालीन माओवादीले सिआइडीे आरोपमा गोलीहानी हत्या गरेका थिए ।
टिकाराज आरनको १८ औँ श्रद्घाञ्जली सभाको दिन पारेर आरनको सम्झनामा निर्माण गरिएको शालिक अनावरण गर्न लागिएको उनका छोरा तथा काँग्रेस नेता ज्ञानेन्द्रराज आरनले बताए । तत्कालीन अवस्थामा टिकाराज आरन नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थिए ।

प्रतिकृया

Add