Hamro-Mobile-APP

विद्यालयलाई काँग्रेस नेता चौलागाईको सहयोग

 बुधबार, फाल्गुन १५, २०७५ | onlinenews

रामेछाप- नेपाली काग्रेसका नेता भरत चौलागाईले रामेछापको सदरमुकाम मन्थलीमा रहेको नागकन्या माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक बितरण गरेका छन् । त्यसैगरी विद्यालयलाई सिसि क्यामेरा र शिक्षकलाई पोशाक तथा झोला समेत बितरण गरेका छन् ।
नेपाली काग्रसको महाधिवेशन प्रतिनिधि समेत रहेका नेता चौलागाइले नागकन्या माविका १ सय ८२ जना विद्यार्थीलाई पोशाक र शिक्षकलाई झोला र पोशाक वितरण गरेका हुन् । त्यस्तै चौलागाईले विद्यालयमा १६ थान सिसि क्यमेरा समेत जडान गरिदिएका छन् ।
सो सामग्री नेपाली कांगे्रस रामेछापका नेता तथा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र खड्काद्धारा बितरण गरिएको हो । शैक्षिक सामाग्री बितरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता खड्काले अहिलेको सरकारले जनताको हित बिपरीत काम गरिरहेको बताए । साथै शैक्षिक क्षेत्रलाई पनि यो सरकारले अन्धकारतिर धकेलेको नेता खड्काको आरोप छ ।


मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदास श्रेष्ठले सरकारले गर्न नसकेको काम भरत चौंलागाईले गरेको भन्दै प्रशंसा गरे । सदरमुकाम मै भएर पनि नागकन्या माध्यमिक विद्यालयमा कसैको आँखा पुग्न नसकेको भन्दै कांग्रेस नेता चौंलागाई आएर सहयोग गरेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसकी नेतृ तथा महाधिवेशन प्रतिनिधि बिनिता खड्काले शिक्षा बिना देशको बिकास सम्भव नहुने भन्दै आफुहरु शैक्षिक क्षेत्रको बिकासमा लागिपरेको बताइन् ।
नेता चौलागाईले यस अघि पनि रामेछाप जिल्लाका २६ वटा विद्यालयमा व्यक्तिगत रुपमा शैक्षिक सामग्री वितरण गरिसकेका छन् ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुजारी माझीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सोहि विद्यालयका प्रधानाध्यापक बुद्घिराज फुयालले पछिपरेको माझी समुदायमा रहेको विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकोमा कांग्रेस नेता चौंलागाईलाई धन्यवाद व्यक्त गरे ।

प्रतिकृया

Add