कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्ने मुर्दावाद: पौडेल
बुधबार, माघ ७, २०७७
काठमाडौं–सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
यस्तै मन्त्री अधिकारीको निधनको शोकमा बिहीबार राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।
बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ ।