Hamro-Mobile-APP

शैक्षिक विकासको क्षेत्रमा काँग्रेस नेता चौलागाई

 आइतवार, फाल्गुन १९, २०७५ | onlinenews

रामेछाप: नेपाली काँग्रेसका नेता भरतप्रसाद चौलागाई रामेछापको शैक्षिक विकास गर्न लागिपरेका छन ।
काँग्रेस नेता चौलागाइले उमाकुण्ड गाउपालीका भित्र रहेका कास्थिम माध्यमिक विद्यालय भुजी, कैलेश्वर माध्यमिक विद्यालय गुप्तेश्वर र चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीमामा पाँच पाँच थान कम्प्युटर र विद्यालयमा अध्यनरत विद्यार्थीलाई ट्रयाकसुट तथा शिक्षकलाई झोला वितरण गरेका छन् ।
भरत चौलागाईले ब्यक्तिगत रुपमा सहयोग गरेको सो सामग्री औचारिक कार्यक्रमको आयोजना गरि नेतापाली काँग्रेस रामेछापका पूर्वसभापति तथा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र खड्काद्धारा प्रदान गरिएको हो ।
शैक्षिक सामग्री प्रदान कार्यक्रमलाई संवोधन गर्दै काँग्रेस नेता रामचन्द्र खड्काले काँग्रेसका नेता बिपी कोइरालाकै नेतृत्वमा लिएको शैक्षिक नीतिको कारण नेपालमा शैक्षिक क्षेत्रको विकास सम्भव भएको बताए ।


अहिले आपूmहरु पनि विपीकै नीति अनुसार शैक्षिक क्षेत्रको विकासमा लागि परेको बताए । उनले शैक्षिक क्षेत्रको विकास नभएसम्म देशको विकास सम्भव नहुने भन्दै स्थानीय तहले शैक्षिक विकासको लागि विशेष ध्यान दिनु पर्ने बताए ।
चण्डेश्वरी माध्यमिक विद्यालय च्यादलुमा आयोजित कार्यक्रममा उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले कार्यक्रमलाई सम्बोधन गर्दै आपूmहरु शैक्षिक विकासको लागि दीर्घकालिन योजनासहित अघि बढेको बताए ।
कार्यक्रममा उमाकुण्ड गाउपालीकाका उपप्रमख उर्मिला कार्की, नेपाली काँग्रेसका पूर्वउपसभापति झपडराज भण्डारी माहाधिवेशन प्रतिनिधि कृष्ण महत, विनिता खड्का, नेपाली काग्रेस प्रदेश ‘ख’का उम्मेदवार जितबहादुर मगर, नेपाली काँग्रेस खाडाँदेवि गाउँपालिकाका बेदराज लामा, नेपाल विद्यार्थी संघका केन्द्रय सदस्य रत्नहरी ढङ्गेललगायतले चौलागाइले शैक्षिक विकासको लागि ब्यक्तिगत रुपमा लाखौको शैक्षिक समाग्री वितरण गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । काँग्रेस नेता चौलागाईलाई तीन वटै विद्यालयले कदर–पत्र द्घवारा सम्मान समेत गरेका छन ।

प्रतिकृया

Add