Hamro-Mobile-APP

उत्पीडित समुदायलाई विकासको मूलधारमा ल्याउनुपर्छः मन्त्री जमरकटेल

 मङ्लबार, फाल्गुन २१, २०७५ | onlinenews

रामेछाप :  प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकटेलले हिजोका दिनमा राज्यबाट पछाडि पारिएका समुदायलाई माथि उठाउनको लागि उनीहरुलाई विकासको मुलधारमा ल्याउनुपर्ने बताए ।
पछाडि पारिएका समुदायलाई विकासको मुलधारमा नल्याई सरकारको ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारालाई साकार पार्न नसकिने बताए । सुशासन र समृद्धिको लागि पछाडि पारिएको समुदायलाई विकासको मूलधारमा ल्याउनै पर्ने मन्त्री जमरकटेलको भनाई छ ।
उत्पीडित समुदायको अधिकार संविधानले सुनिश्चित गरेकाले हिजोका दिनमाजस्तो हेपिनु र चेपिनु पर्ने दिनको भने अन्त्य भएको मन्त्री जमरकटेलले बताए ।


सिमान्तकृत माझी मुदायको मुख्य पर्व लदी पूजाको अवसरमा लदी पूजा आयोजक समिति रामेछापले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै मन्त्री जमरकटेलले माझी समुदाययले अब हिजोका दिनमाजस्तो हेपिनु र चेपिनु नपर्ने बताए ।
यद्यपि हिजो राज्यबाट पछाडि पारिएका र हेपिएका समुदायको विकासको लागि सरकारले स्वायत्त इलाका र क्षेत्रहरु अनिवार्य रुपमा गठन हुनुपर्ने मन्त्री जमरकटेलको भनाई छ ।


माझी समुदायको मुख्य पर्वको रुपमा रहेको लदी पूजालाई स्थानीय पर्वका रुपमा सूचीकृत गर्नुका साथै रामेछाप जिल्लाको मन्थली नगरपालिका र खाँडादेवि गाउँपालिकाले माझी समुदायको लागि मंगलबार विदा दिएको थियो ।
रामेछापका माझी समुदायले आगामी वर्षदेखि माझी समुदायको लदी पर्वलाई प्रदेश स्तरीय पर्वको रुपमा सूचीकृत गरि विदा दिने ब्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरेका छन् ।
लदी पर्वमा गएका अतिथि तथा पाहुनालाई माझी समुदायले माछा र मुन (जाँड) खुवाएर स्वागत गरेका थिए । लदी पूजाको अवसरमा माझी समुदायको साँस्कृतिक परम्परा झल्कने झाँकी तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।

प्रतिकृया

Add