Hamro-Mobile-APP

जनताको समस्याबाट भाग्ने छुट जनप्रतिनिधिलाई छैनः श्रेष्ठ (भिडीयो सहित )

 शुक्रबार, फाल्गुन २४, २०७५ | onlinenews

रामेछापः नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले जनप्रतिनिहरुलाई जनताको समस्याबाट भाग्ने छुट नभएको बताएका छन् । जनताको समस्या बुझ्न, समाधान गर्न र विकासको लागि जनताले आफ्ना प्रतिनिधि चयन गरेकाले उनीहरुलाई जनताको समस्याबाट भाग्ने छुन नभएको श्रेष्ठले बताएका हुन् ।
अहिले विकासको शैलीलाई परिवर्तन नगरि विकास हुन नसक्ने पनि उनले बताए । विकास प्रणालीलाई अब नयाँ ढंगबाट अगाडि बढाउनु पर्ने उनको भनाई छ ।
कुन वडामा कति बजेट गयो त्यो मुख्य कुरा होइन, योजनाले जनताको आधारभूत समस्या पूरा गर्न सक्यो कि सकेन त्यो महत्वपूर्ण कुरा हो श्रेष्ठ भने ।
योजना निर्माण गर्दा प्राथमिकीकरण गरिएका योजनाहरु मुख्य प्राथमिकतामा पर्नुपर्ने उनको भनाई छ । पालिकादेखि वडासम्मका संरचनाहरु विधिमा चल्नु पर्ने उनले बताए । जनता भन्दैमा भ्रष्टाचारी र तस्करीहरुलाई  संरक्षण दिन नहुँने उनले बताए ।
राज्यको सुविधा समेत दुरुपयोग भएको आपूmले पाएको भन्दै त्यसमा सचेत हुन पनि उनले जनप्रतिनिधिहरुलाई सचेत गराए ।

प्रतिकृया

Add