Hamro-Mobile-APP

रामेछाप नगरपालिका–७ सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने जिल्लाकै पहिलो वडा

 आइतवार, चैत्र १०, २०७५ | onlinenews

रामेछाप: जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरले जिल्लामै पहिलो पटक बैंक मार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सेवा सुरु गरेको छ ।
आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बैकि मार्फत सामाजिक भत्ता वितरण गर्ने कार्यक्रमको सुरुवात गरेको हो । रामेछाप नगरपालिका–७ ले लक्ष्मी बैंकमा खाता खोलेरे सो बैंक मार्फत समाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।
रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले स्थानीय ९७ बर्षिय नरबहादुर कार्कीलाई दोसल्ला ओढाएर लक्ष्मी बैंकको चेक हस्तान्तरण परि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रमको सुरुवात गरेकी हुन् ।
यसैबिच आइतबारै रामेछाप नगरपालिका–७ सुकाजोरले आर्थिक बर्ष २०७५÷०७६ को दोस्रो चौमासिकमा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकाररिता विषयक सार्वजनिक सिनुवाई कार्यक्रम गरेको छ ।


कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरराज दाहाल, वडा नम्बर ७ का अध्यक्ष समिर कार्की लगायत वडाका जननिर्वाचित प्रतिनिधिहरु वडा सचिब टेककुमार रेग्मी र नगरपालिकाका सम्बन्धित शाखाका प्रमुखहरुले सर्बसाधरणले राखेको जिज्ञासाको उत्तर दिएका थिए ।
सो अबसरमा बोल्दै सचिब रेग्मीले चालु आर्थिक वर्षको दोस्रो चौमासिक भित्रमा १ लाख ५२ हजार १ सय १८ रुपैया, राजस्व संकलन भएको १ सय ४७ जनाको ब्यक्तिगत घटना दर्ता गरिएको र सडक खानेपानी सिंचाई र लक्षित बर्ग अन्तर्गतको बिनियोजित बजेट रु १६ लाख ७५ हजार, ५ ÷५ लाख, र ११ लाख १० हजार को लागि उपभोक्ता समिति निर्माण गरी काम भैरहेको बताए ।
कार्यक्रम वडा अध्यक्ष समिर कार्कीको अध्यक्षता एबं रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिकृया

Add