Hamro-Mobile-APP

सोलुखुम्बुमा जहाज दुर्घटना ३ जनाको मृत्यु

 आइतवार, बैशाख १, २०७६ | onlinenews

सोलुखुम्बु – सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज एकआपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन् । पाइलटको परिचय खल्न बाँकी छ
विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको जिल्ल प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
समिट एअरको जहाजले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए । दुर्घटना साढे ९ बजेतिर भएको हो । त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको बताइएको छ । थप विवरण आउँन बाँकी

प्रतिकृया

Add