Hamro-Mobile-APP

जिपी फाउण्डेशनद्धारा शुभकामना तथा चियापान

 मङ्लबार, बैशाख ३, २०७६ | onlinenews

रामेछापः नेपाली काँग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नामबाट स्थापना गरिएको गिरिजाप्रसाद कोइराला फाउण्डेशन रामेछापले नयाँ वर्ष २०७६ सालको सन्दर्भमा शुभकामना तथा चियापान कार्यक्रम गरेको छ ।
फाण्डेशनद्धारा आयोजीत नयाँ वर्षको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमकाबीच फाउण्डशेनले प्रकाशन गरेको भित्तेपात्रो पनि सार्वजनिक गरेको छ ।


नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा मंगलबार सदरमुकाम मन्थलीमा फाउण्डेशनले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।
फाण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काले स्वर्गीय गिरिजाप्रसाद कोइराला जस्तो साहसी नेता अहिले नेपालमा नदेखिएकाले नयाँ वर्ष २०७६ मा राजनीतिमा स्वर्गीय कोइरालाको जस्तै साहस सबै राजनीतिक नेतृत्वमा आओस भन्ने शुभकामना ब्यक्ति गरे ।
त्यस्तै कार्यक्रमका सहभागिहरुले एकआपसमा नयाँ वर्षको शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रममा राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add