Hamro-Mobile-APP

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न पत्रकारको माग

 शुक्रबार, बैशाख ६, २०७६ | onlinenews

रामेछापः विद्युतीय कारोबार ऐनको दफा ४७ र ४७ खारेज गर्न माग गर्दै पत्रकार आन्दोलनमा उत्रिएका छन् ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत सरकारले पटक–पटक पत्रकारलाई पक्राउ गरेको भन्दै उक्त दफा खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला शाखा रामेछापले पनि जिल्ला प्रशासन कार्यालय रामेछापमा बिहीबार एक घण्टा धर्ना दिएको छ ।


नेपाल पत्रकार महासंघ केन्द्री समितिको कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिइएको नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष रमेश ढुङ्गेलले बताए ।
धर्नापछि पत्रकारको माग सहितको विज्ञप्ति जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको पनि अध्यक्ष ढुङ्गेलले बताए ।
सचार लेखेकै नाउमा पक्राउ गरिएका पत्रकारहरुलाई रिहाई गर्न पनि पत्रकारहरुले माग गरेका छन् ।

प्रतिकृया

Add