Hamro-Mobile-APP

रामेछापमा नेकपा ३ नम्बर प्रदेश स्तरको जनसभा

 मङ्लबार, बैशाख १०, २०७६ | onlinenews

रामेछाप: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी स्थापना दिवसको अवसरमा पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापमा जनसभा गरेको छ । केन्द्रमा केही दिनदेखि स्थापना दिवस मनाएको नेकपाले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापमा मंगलबार ३ प्रदेशको आयोजनामा जनसभा गरेको हो । .
पार्टी स्थापनाको ७० वर्ष पुगेको अवसरमा कम्युनिष्ट पार्टी ३ नम्वर प्रदेशले पुष्पलालको जन्मभूमि भंगेरीमा जनसभा आयोजना गरेर पार्टी स्थापना दिवस मनाएको हो ।
जनसभालाई संवोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले पुष्पलाल श्रेष्ठले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनमा अग्रजहरुको योगदानबाट नेपालमा निरंकुश शासन सत्ताको अन्त्य गएको बताइन । साथै कम्युनिष्ट पार्टीले पुष्पलालको विचारलाई अनुशरण गर्दै अघि बढ्न आजको आवश्यकता भएको बताइन ।
कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु ब्यक्तिगत स्वार्थ र अवसरको पछि नभई श्रमजिवी वर्गको हकतिमा लाग्नुपर्ने नेता शाक्यको भनाई छ ।
त्यसैगरी नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुलेरले कम्युनिष्ट पार्टीको विकासको लागि युवा नेतृत्वलाई अगाडि बढाउनु पर्ने बताए । पार्टीमा युवाहरुको आकर्षण नभएसम्म कम्युनिष्ट पार्टी अगाडि बढ्न नसक्ने नेता गजुरेलको भनाई छ ।


कार्यक्रममा पार्टीका अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसालले पुष्पलाल श्रेष्ठ लगायतका योद्धाहरुको त्याग र समर्पणका कारण देश विकास र समृद्धिमा अघि बढेको बताए । कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्षमा धेरै ठूलो राजनीतिक उपलब्धि भए पनि पुष्पलाले अघि सारेका आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रका लक्ष्यहरु अझै पूरा हुन नसकेको बताए ।


एकता हुन बाँकी रहेका संगठनहरुको एकीकरण छिटो सम्पन्न गरी अग्रजहरुको विचारलाई सम्मान गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
कार्यक्रममा नेकपा ३ प्रदेश अन्तर्गतका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, युवासंघ लगायत विद्यार्थी संगठनका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया

Add