Hamro-Mobile-APP

विपन्न परिवारलाई खाद्यन्न सहयोग

 बिहिबार, जेष्ठ ९, २०७६ | onlinenews

रामेछापः रामेछापको रामेछाप नगरपालिका–२ का विपन्न घर परिवारलाई वडा कार्यालय मार्फत खाद्यन्न सहयोग गरिएको छ ।
रामेछाप नगरपालिका–२ मा रहेका अति विपन्न १५ घर परिवारलाई खाद्यन्न सहयोग गरिएको हो । वडा कार्यालयले पहिचान गरेका अतिविपन्न परिवारलाई दाल, चामल, तेल लगायतको खाद्य बस्तु प्रदान गरेको हो ।
वडाका अतिविपन्न तथा आगलागी पीडितलाई खाद्य बस्तु प्रदान गरिएको रामेछाप नगरपालिका–२ का अध्यक्ष निरकुमार श्रेष्ठले जानकारी दिए । आगलागी पीडित, घरमा काम गर्ने मान्छे समेत नभएका विपन्न परिवारलाई २÷३ महिना खान पुग्ने खाद्यन्न प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुले स्थापना गरेको वर्क फर फाउण्डेशन नेपाल नामक संस्थाको सहयोगमा वडाले विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको हो । १५ परिवारलाई गरि ८० हजार मूल्य वरावरको खाद्यन्न वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिकृया

Add