Hamro-Mobile-APP

रामेछाप नगरपालिकाको बजेट ६७ करोड ४ लाख २३ हजार

 बिहिबार, असार २६, २०७६ | onlinenews

रामेछापः रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले ६७ करोड ४ लाख २३ हजारको बजेट पाँचौ नगरसभामा सार्वजनिक गरेकी हुन् ।
जसमा चालुखर्च तर्फ ४२ करोड १५ लाख ४० हजार र पूँजिगततर्फ २४ करोड ८८ लाख ८३ हजार विनियोजन गरेको छ । त्यसैगरी नगरको गौरवको योजना भालुखोप भ्यु टावरलाई १ करोड, पुष्पलाल कोलञ्जोरघाट सडकको लागि ६० लाख विनियोजन गरेको छ ।
नगरस्तरीय कृषि तथा पशु क्षेत्रमा १ करोड, नगरस्तरीय खानेपानी, मुहान संरक्षण, पोखरी निर्माण र लिफ्ट खानेपानीको लागि १ करोड, शिक्षातर्फ १० लाख, सहकारी प्रवद्र्धनमा १० लाख, खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तथा जनजातिलाई लक्षित गरी ४५ लाख बजेट आएको छ ।
नगरस्तरीय वातावरण संरक्षणका लागि १० लाख, विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा व्यवस्थापनको लागि १ करोड बजेट विनियोजन गरेको छ । लोपोन्मुख हायू जातिको भाषा, संस्कृति संग्राहलयको लागि नगरले १० लाख र नगरपालिकालाई समृद्ध न्याय सेवा प्रदान गर्न १५ लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी भौतिक पूर्वाधारतर्फ देउरालीडाँडा लहरेनी लेखडाँडा गोगनेडाँडा हुँदै वडा नम्बर ं १ को वडा कार्यालयसम्म जोड्ने सडक वडा नं १ र २ लाई ३० लाख, कमलावारी बाँकीमैरी साघुँटार सडक योजना वडा नम्बर ३ लाई १० लाख, धमिनीछाप फुन्द्रिखोला, बोलङबोलङ सडक स्तरउन्नतीको लागि वडा नम्बर ४ लाई ३५ लाख, रामपुर बसन्तपुर चुकीयाघाट सडक वडा नम्बर ५ लाई २० लाख, च्यास्कु सिमलभञ्ज्याङ गोल्माटार डान्सिङटार सडक वडा नम्बर ६ लाई १० लाख, बिर्ता धनेघाट सडक वडा नम्बर ७ लाई १५ लाख, भेटेनरी वादी सिमन्ती हुदै डुडे सडक वडा नम्बर ८ लाई १५ लाख र मानेडाँडा राताटार हर्देनी सडक वडा नम्बर ९ लाई १५ लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी लिफ्ट खानेपानीतर्फ ९३ लाख रुपैयाँ बजेट विनयोजन गरेको छ । जसमा थाक्लेबेसी लिफ्ट खानेपानी वडा नम्बर ३, ७ लाख, चायखोला खानेपानी योजना वडा नम्बर ४, १० लाख, काफ्लेखोला मुहान साइटार खानेपानी योजना वडा नम्बर ५, १५ लाख, लामपाते लिफ्ट खानेपानी योजना वडा नम्बर ६, २३ लाख, कालिकुवा ड्रिल सिंचाई योजना वडा नम्बर ७, २० लाख, केवलेश्वर ड्रिल सिंचाई योजना वडा नम्बर ८, २० लाख र खानेपानी पाइप सहयोगको लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सशर्ततर्फ उर्जामा १३ लाख ४५ हजार, कृषि १० लाख, पशु स्वास्थ्य ६ लाख ४५ हजार, खेलकुद १ लाख, शिक्षा १५ करोड, झोलुङ्गे पुल २० लाख, स्वास्थ्य ३ करोड ३९ लाख ९७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ४ लाख ९३ हजार, सडक बोर्ड अनुदान ५० लाख र सामाजिक सुरक्षा भत्तामा १४ करोड रुपैयाँ रहेको छ ।
९ वटा वडा रहेको रामेछाप नगरपालिकाले भूगोल जनसंख्या र राजस्वको आधारमा वडाहरुलाई बजेट दिएको छ । नगरपालिकाले वडा नम्बर १ लाई ७६ लाख ७२ हजार, वडा नम्बर २ लाई १ करोड ३९ हजार, वडा नम्बर ३ लाई ६९ लाख ७० हजार, वडा नम्बर ४ लाई १ करोड ५८ लाख ८ हजार, वडा नम्बर ५ लाई १ करोड ६५ लाख ५६ हजार, वडा नम्बर ६ लाई १ करोड ३१ लाख ६७ हजार, वडा नम्बर ७ लाई १ करोड ४६ लाख २२ हजार, वडा नम्बर ८ लाई १ करोड १९ लाख ९२ हजार र वडा नम्बर ९ लाई १ करोड ६ लाख ५२ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रतिकृया

Add