Hamro-Mobile-APP

ज्येष्ठ नागरिकलाई, हर्लिक्स, कर्सी र तौलिया

 बिहिबार, असार २६, २०७६ | onlinenews

रामेछाप– मन्थली नगरपालिका–८ चिसापानीले ८० वर्ष उमेर नाघेका ७१ जना ज्येष्ठ नागरिकलाई हर्लिक्स, कुर्सी र तौलिया वितरण गरेको छ । ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ती सामाग्री प्रदान गरिएको मन्थली नगरपालिका–८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
वडा कार्यालयले वडामा रहेको ८० वर्षमाथि उमेर भएका जेष्ठ नागरिकलाई १ किलो हर्लिक्स, एउटा प्लाष्टिक कुर्सी, कुसन र एउटा तौलिया वितरण गरिएको बताए ।
गतवर्ष ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेर दोसल्ला ओढाई लौरो र टर्च वितरण गरेको वडाले यस वर्ष कर्सी, हर्लिक्स र तौलिया प्रदान गरेको हो ।
त्यसैगरी आफ्नो वडाका बालबालिकाको पठनपाठनलाई सहज बनाउने उद्देश्यले ३२ जना विधार्थीलाई झोला, ड्रेस र स्टेशनरीका सामान वितरण गरिएको पनि वडा अध्यक्ष श्रेष्ठले बताए । वडाभर रहेका गरीब जेहेन्दार विधार्थीलाई सामाग्री वितरण गरिएको उनको भनाई छ ।

प्रतिकृया

Add