Hamro-Mobile-APP

उद्योग सञ्चालनको लागि उपयुक्त वातावरण नभएको जनप्रतिनिधिको गुनासो

 आइतवार, असार २९, २०७६ | onlinenews

रामेछाप–जिल्लाका सरोकारवाला निकायका व्यक्तिहरुले जिल्लामा उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसक्दा उद्योगमा पूँजिको लगानी हुन नसकेको बताएका छन । आइतबार घरेलु तथा साना उद्योग विकास समितिले ३ नं प्रदेश सरकारको बार्षिक कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित रामेछाप जिल्लामा उद्योगको संभावना र पहिचान विषयक छलफल कार्यक्रममा सहभागि अधिकांशले उद्योग स्थापना गर्नका लागि नीतिगत रुपमा उपयुक्त वातावरण बन्नु पर्नेमा जोड दिएका छन ।
जिल्लाका ८ वटा स्थानीय तहका जनप्रतिनिधी सहित सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थित सम्पन्न उक्त छलफल कार्यक्रममा जन प्रतिनिधीहरुले समेत आफ्नो स्थानीय तहमा धेरै संभावना रहेता पनि काम गर्न जटिलता रहेको बताए ।
जिल्लामा संभावना धेरै छन तर कानुन र नीतिमा नै जटिलता छ कसरी उद्योग स्थापाना हुन सक्छ मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले बताए । लगानीको वातावरण नबन्दा उद्योग खोल्न जटिल बनेको बस्नेत बताउछन ।
संभावना अधिक छन , संभावना भएर पनि चुनौति नै ठुलो आउने कारण उद्योग स्थापना समस्या देखिएको उनले बताए । बस्नेतले उद्योग स्थापनाका लागि प्रदेश सरकारले बेलैमा कानुनी र नीतीगत रुपमा समस्या समाधान गरिदिनु पर्नेमा जोड दिए ।
उनले छलफल कार्यक्रममा सहभागि भएका रामेछाप प्रदेश सभा क का सांसद शान्ति प्रसाद पौडेल मन्चबाट नै भने – सांसद ज्यु तपाइहरुको क्लबका उद्धघाटन कार्यक्रममा नहिड्नुस प्रदेश सरकारले बनाउने कानुन र निति बनाएर स्थानयि तहमा काम गर्ने वातावरण बनाउन लागि दिनुस ।
बस्नेतले भने – कानुन नहुदा जटिलता भएको छ कानुन नभएकै कारण जनप्रतिनिधिहरु एउटा व्यक्तिलाई हातखुट्टा बाँधेर नदिमा हुत्याइदिएको अवस्था झै बनेको छ । उनले जिल्लमा हरेक उद्योगको राम्रा संभावना छन तर त्यसका लागि सहज वातावरण बन्न जरुरी रहेका बताए ।
निजी क्षेत्रको लागनीको वातावरण नबनाएसम्म केही नहुने भएकाले सरोकारवाला निकायले त्यसतर्फ ध्यान दिन जरुरी रहेको नगर प्रमुख बस्नेतले बताए । जिल्लामा उत्पादन पनि प्रशस्तै छन तर उचित बजार नहुदा उद्योग संचालनमा समस्या देखिने गरेको छ ।
जिल्लाको उत्पादनले बाहिरी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा समेत समस्या हुने गरेको बस्नेत बताउछन । उद्योग र व्यावसायका नाममा अनुदान खाएर भाग्नेहरु निकै रहेको तर्फ सजग गराउदै बस्नेतले राजनैतिक पहुचका आधारमा अनुदान जाने यर्थाथताले पनि समस्या निम्त्याउने बताए ।
उनले सबै कुरा बेच्न सके मात्र समृद्धि आउने बताए । उनले भने जसको जे उत्पादन छ त्यो बेच्न सक्नु पर्ने बताए । उत्पादन र स्रोत नहुने श्रम समेत बेचेर आम्दानी लिन सक्नु पर्ने बताए ।
रामेछाप उद्योग बाणिज्य संघ रामेछापका महासचिव जगन्नाथ दाहाले युवाले काम नै नगर्ने अवस्था रहेको आजको परिस्थितिमा युवालाई श्रममा लगाउन सक्नु पर्ने र श्रममा सम्मान दिन सके मात्र उद्योग स्थापना टेवा पुग्नेमा जोड दिए ।
उनले युवालाई मुलुकमै श्रममा जोडन सके मात्र आर्थिक समृद्धि आउने भएकाले राज्य त्यसतर्फ लाग्नु पर्नेमा दाहालको जोड थियो । निजी लगानीकर्ता लगानीका लागि पुजी हातमा लिएर बस्दा पनि लगानी गर्ने वातावरण नबनि दिदा उद्योग स्थापनामा समस्या बनेको सामुदायिक बन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष दुर्गा श्रेष्ठले बताए ।
जिल्लामा उद्योग संचालन गर्ने र उत्पादनमा आकर्षित गर्ने हो भने राज्यले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था ल्याउन जरुरी रहेको बताए ।
कसैलाई लादेर कार्यक्रमा सहभागि गराउने नभइ उसको आवश्यकतालाई हेरेर कार्यक्रम दिनु पर्नेमा श्रेष्ठले जोड दिए । उनले कागजमा योजना हेर्ने र मूल्यांकन समेत कागजमै गनेए परिपाटीको अन्त्य गरी स्थानीय स्रोत र साधनको अधिकत्तम प्रयोग गर्ने निति लिएर अघि बढनु पर्नेमा जोड दिए ।
रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले उद्योग स्थापानाका संभावनाहरु धेरै भएर पनि स्थानिय तह खुम्चेर बस्नु पर्ने अबस्था रहेको बताए । उनले संभावना रहेर पनि सबै कुरा स्थानिय तहले मात्र गर्न नसक्ने बताए । शुरुवात स्थानिय तहले गराउन सक्छ तर पूर्णता दिन भने सक्ने अवस्था नरहेकाले माथिल्ला सरकारहरुले हेर्नु पर्ने बताए ।
कार्यक्रममा जिल्लाका निवार्चित जनप्रतिधि, सरोकारवाला अन्य संघसंस्था लगायतका प्रतिनिधिले जिल्लामा कृषिजन्य , वनजन्य, पशुजन्य र अन्य उद्योगका संभावना र क्षेत्रका बारेमा प्रदेश सरकारलाई आवश्यक सुझाब दिएका थिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत राजेन्द्र कुमार श्रेष्ठ, पशु कार्यालयका मुकुन्द खडका र कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख दिनेश आचार्य लगायतले आ–आफ्ना क्षेत्रका उद्योगका संभावनाका सम्बन्धमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । जिल्लाका सुझाव र अपेच्छाका आधारमा अधिकतम लाभ लिन सक्ने गरी कार्यक्रम बनाउने रामेछाप प्रदेश सभा क का सांसद शान्ति प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिकृया

Add