Hamro-Mobile-APP

राष्ट्रिय प्राजातान्त्रि विद्यार्थी संगठनको आयोजनामा फुटसल प्रतियोगिता

 शुक्रबार, साउन १०, २०७६ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन हिकास्ट ईकाई कार्यसमितिले अन्तर सेमेष्टर फुटसल प्रतियोगिताको आयोजना गरेको छ । विजी फुटसल कलंकीमा आयोजित दुई दिने सो प्रतियोगिताको उद्घाटन राप्रपाका केन्द्रीय सदस्य मनोज ढुङ्गेलले गरेका हुन् ।
राप्रविसं हिकास्टका ईकाइ अध्यक्ष प्रगति गौतमको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष महेश बहादुर सिंह तथा अतिथिको रुपमा संगठनका उपाध्यक्ष शशी भण्डारी, महासचिव जनक फडेरा, प्रवक्ता छत्र खडायत लगायतको उपस्थिति रहेको थियो ।


प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजनाले जानकारी दिएको छ । विभिन्न शैक्षिक एवं रचनात्मक कार्यक्रमका सँगसँगै विद्यार्थीहरुको शारीरिक, मानसिक तन्दुरुस्ती तथा मनोवल वृद्धि गर्दै मनोरञ्जन लागि समेत राप्रविसंले वर्षेनी विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिकृया

Add