Hamro-Mobile-APP

विप्लव कार्यकर्ताद्धारा वडा कार्यालयमा विष्फोट

 शनिबार, साउन १८, २०७६ | onlinenews

रामेछाप– खाँडादेवी गाउँपालिका वडा नम्ब ३ को कार्यालयमा विप्लव समूहका कार्यकर्ताले गएर राति सिलिण्डर बम विष्फोट गराएर ध्वस्त गराएका छन् ।
ग्यास विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागाजत लगायतका सामानहरु जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । विप्लव समुहका कार्यकर्ताहरुले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बिचमा भरेको सिलिण्डर ग्यास राखेर आँगो लगाएका थिए ।


गयराती करिव ३ बजेको समयमा ठूलो पानी परिरहेको र आकाश गर्जिएको जस्तो आवाज स्थानीयले सुने पनि उनीहरुले वम नै पड्किएको भन्ने एकिन गर्न सकेका थिएनन ।
आज विहान मात्र वडा कार्यालयको भवन हुँदै पानी लिन पधेरो हिडेका स्थानीयले कार्यालयमा आगजनी भएको देखेपछि प्रहरीमा खवर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुगेर छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोष कुमार भट्टाइले जानकारी दिए । घटनापछि प्रहरीले विप्लवका कार्यकर्ताको खोजी गरिरहेको पनि डिएसपी भट्टराई जानकारी दिए ।

प्रतिकृया

Add