Hamro-Mobile-APP

विप्लव माओवादीका दुई कार्यकर्ताद्धारा आत्मसमर्पण

 बुधबार, साउन २९, २०७६ | onlinenews

रामेछाप– विप्लव नेतृत्वको नेकपा माओवादी रामेछापका दुई जना कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसमर्पण गरेका छन् । रामेछापको खाँडादेवि गाउँपालिका–१ घर भएका विप्लव नेतृत्वको नेकपा माओवादी रामेछाप जिल्ला समिति सदस्य रहेका कालमान तामाङ र जसबहादुर तामाङले जिल्ला प्रशासन कार्यालय रामेछापमा आएर आत्मसमर्पण गरेका हुन् ।
विगतका दिनहरुमा आफूहरुले पार्टीमा रहेर काम गरे पनि पछिल्लो समय पार्टीले राज्य विरुद्धको गतिविधि सञ्चालन गरेकाले आपूmहरुले सो पार्टी परित्याग गरेको बताएका छन् । अबका दिनमा सामान्य नागरिक सहर रहेर बाच्ने उनीहरुले बताए । पार्टीले राज्य विरुद्धको गतिविधि सञ्चालन गरेदेखि नै आपूmहरु सो पार्टीमा सक्रिय नरहेको उनीको भनाई छ ।
विगतका दिनमा त्यस पार्टीको सदस्य भएकै कारण समस्यामा परिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा आएर विप्लव नेतृत्वको पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् ।

प्रतिकृया

Add