Hamro-Mobile-APP

काँग्रेसले स्थानीय सरकारको गल्ती कम्जोरीको भण्डाफोर गर्ने

 बुधबार, साउन २९, २०७६ | onlinenews

रामेछाप– रामेछाप जिल्लाका ७ वटै पालिकामा स्थानीय निर्वाचनमा पराजय भएका नेपाली काँग्रेसका प्रतिद्धन्दिहरुले सामूहिक विज्ञप्ति जारी गरेका छन ।
बुधबार जारी गरेको ७ बँुदे माग सहितको विज्ञप्तिमा नेपाली काँग्रेस प्रतिपक्षमा रहेर बितेको २ बर्षसम्म परीक्षणकालका रुपमा लिई स्थानीय सरकारद्धारा गरिएका गल्ती तथा कमीकमजोरीलाई सामान्य सुझाब दिने काम मात्र गरेको भए पनि अब यस्ता गल्तीलाई उजागर गर्ने चेतवान दिएको छ ।
विज्ञप्तिमा हालसम्मको काग्रेको सालिनता, मौनता र धैर्यतालाई कमजोरीका रुपमा लिंदै बेलाबखत अब काँग्रेस छैन सकियो भन्ने जस्ता अभिब्यक्ति दिनु र चरम दम्भ र अहंकारको आडमा गरिएका यस्ता नकरात्मक टिप्पणीप्रति काँग्रेसका तत्कालिन उम्मेदवारहरुले विज्ञप्ति मार्फत खेद प्रकट गरेका छन् ।
विज्ञप्तिमा स्थानीय तह भ्रष्टाचारले तहसनहस भएको विधि विधान र कानूनलाई पालना नगरिएको, स्थानीय प्रमुखहरु नयाँ राजाजस्तो लाग्न थालेको र आफ्नो मानसिकतामा पतिपक्षी विहप्न भूत सवार भएपछि जनप्रतिनिधिहरुको मनोमानिको हद नाघेको हुनाले अब आइन्दा यस्ता क्रियाकलाप नगर्न र ऐन नियम अनुसार पादरदर्शि ढंगबाट काम गर्न समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका मन्थली नगरपालिकाका विनोद कार्की, सुनापाति गाउँपालिकाका जितेन्द्र मोक्तान, लिखु तामाकोशी गाउँपालिकाका चन्द्रबहादुर राउत उमाकुण्ड गाउँपालिकाका हिक्मत सुनुवार, खाँडादेवी गाउँपालिकाका बेदराज लामा, दोरम्बा गाउँपालिकाका मानबहादुर लामा र गोकुलगंगा गाउँपालिकाका नानिबाबु बस्तेतले सामूहिक विज्ञप्तिमा जारी गरि यस्तो अनुरोध गरेका हुन् ।
उनीहरुले विज्ञप्ति मार्फत स्थानीय सरकारको क्षेत्राधिकार भन्दा बाहिर गई विभेदपूर्ण रुपमा सरुवा गरेको, डहु मावि बेथामा शिक्षको हत्या हुँदा समेत स्थानीय सरकाले सत्यतथ्य छानविनका लागि तदारुकता नदेखाएको, खाँडादेवी गाउँपालिका वडा नं ३ को कार्यालयमा भएको बम बिस्फोट र लिखु तामाकोशी गाउँपालिकाको आर्थिक लेनदेनको विषयलाई लिएर भएको गोलिकाण्डप्रति खेद ब्यक्त गर्दै यि र यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषिउपर कडा कारबाहीको माग गर्दर्छौं विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा कतिपय पालिकाहरु आफ्ना आफन्तहरु भर्ना गर्ने भर्तिकेन्द्र बनाइएको, स्थानीय तहका वडा अध्यक्षहरुले आफै बजेट बिनियोजन गर्न लगाई आफ्नै डोजर र ट्रिप्पर प्रयोग गरी आफै धामी आफै बिरामीको नाटक गर्दा भ्रष्टाचार भएको देखिएकोका भन्दै यस्ता गतिविधिहरु तुरुन्त बन्द गरी लोकतान्त्रिक मूल्य र मान्यता अनुसार कार्य सञ्चालन गर्न अनुरोध गरेका छन् । यो अनुरोधलाई स्वीकार नगरे पालिका मार्फत भए गरेका सबै विषको भण्डाफोर गर्दै संवैधानिक निकायमा जान बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया

Add