Hamro-Mobile-APP

वरिष्ठ साहित्यकार दीक्षितको निधन

 बिहिबार, साउन ३०, २०७६ | onlinenews

काठमाडौं– वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
आफ्नै निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद ः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कार लगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।
नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । दीक्षितको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिकृया

Add