Hamro-Mobile-APP

अटोको नयाँ भाडा दर निर्धारण साउन ३१ बाटै लागू हुने

 शुक्रबार, साउन ३१, २०७६ | onlinenews

रामेछाप– सदरमुकाम मन्थलीमा सञ्चालित अटोले जोखिम मोलेर क्षमता भन्दा बढी यात्रु बोकेको र भाडा मनपरी असुलेको गुनासो आएपछि भाडा दर निर्धारण गर्नुका सार्थै अटोले क्षमता भन्दा बढि यात्रु बोक्न नपाउने निर्णय भएको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरी क्षमता अनुसार यात्रु बोक्ने गरी निर्णय गरेको हो । अटोको क्षमता अनुसार एउटा अटोले (तीन जना) भन्दा बढी यात्रु बोक्न नपाउने गरी निर्णय भएको छ ।
अटोको नयाँ भाडादर कायम गरिएको र नयाँ भाडा साउन ३१ गते देखि लागु हुने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी केसी पाण्डेले जानकारी दिनुभयो । त्यस्तै अटोले यात्रु बाहेक अन्य सामाग्री बोक्न नपाउने निर्णय पनि भएको छ ।

प्रतिकृया

Add