Hamro-Mobile-APP

महिला स्वास्थ्य स्वयंसेविकालाई क्षमता विकास तालिम

 बुधबार, भदौ १८, २०७६ | onlinenews

रामेछाप– खाँडादेवि गाउँपालिकाको ३ वटा वडाका महिला स्वास्थ्य स्वयंसेविकाकालाई २ दिने क्षमता विकास दिइएको छ । गाउँपालिकाको खाँडादेवी, राकाथुम र मझुवाका महिला स्वयंसेविकालाई क्षमता विकास तालिम दिइएको हो ।
तालिममा महिला स्वयंसेविका कार्यक्रम, काम, कर्तव्य, अधिकार, अवधारणा र सरकारको लक्ष्य तथा उद्देश्यको बारेमा छलफल भएको थियो । यसका साथै नवजात शिशु स्याहार कसरी गर्ने ? गर्भवती, आमा र नवजात शिशु स्वास्थ्य, खोप र परिवार नियोजन सेवाका साथै स्वास्थ्य संस्थामा प्रेषण विरामीको अवस्थाका बारेमा परियोजना संयोजक तिलक कार्की, स्वास्थ्य इन्चार्ज, गाउँपालिका स्वास्थ्य शाखा संयोजक ओमप्रकाश श्रेष्ठले सहजिकरण गरेका थिए ।


तालिममा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, गुण, गर्नुपर्ने व्यवहार, गाउँले र परिवारको भूमिका, आमा समूहमा खेल्नु पर्ने भूमिका, स्वयंसेविका पद छोड्नु पर्ने उमेर र अवस्था, नेपाल सरकारबाट पाउने सेवा सुविधा, स्वास्थ्य चौकीमा उपलव्ध नयाँ औषधी, सेवा र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, अन्तरव्यक्ति संचार, गापाका योजना तथा कार्यक्रमका बारेमा समेत छलफल गरिएको थियो ।
तालिम सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको आयोजना सम्पन्न भएको थियो । तालिममा खाँडादेविका १५ जना, मझुवाका १० जना र राकाथुममा १४ जना गरी ३९ स्वयंसेविकाको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add