Hamro-Mobile-APP

लिखु तामाकोसी गाउँपालिका अध्यक्ष खड्का निलम्बित

 शुक्रबार, भदौ २०, २०७६ | onlinenews

रामेछाप– लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई उनको पार्टी नेकपाले पार्टी कमिटीबाट निलम्बन गरेको छ । पार्टी नीति विपरीत आफूखुसी चलेको भन्दै उनलाई पार्टीले निलम्बन गरेको हो ।
लिखु तामाकोसी गाउँपालिका अध्यक्ष खड्का नेकपा रामेछापको जिल्ला समिति सदस्य रहेका थिए । खड्कालाई नेकपा प्रदेश नम्बर ३ कमिटीको बैठकले अर्कोे निर्णय नभएसम्मका लागि पार्टी कमिटीबाट निलम्बन गरेको हो ।
लिखु तामाकोसी गाउँपालिका अन्तर्गत रहेको नेकपाका जिल्ला समिति सदस्यहरुको बैठकले खड्काले पार्टीको नीति विपरीत पार्टीलाई नै बदनाम गराउने गतिविधि गरेको निष्कर्ष सहित कारबारहीको लागि प्रदेश कमिटीलाई सिफारिस गरेको थियो ।

प्रतिकृया

Add