Hamro-Mobile-APP

जनताले हामीलाई मत दियो, हामीले समृद्धि दिनपर्छः नेता पौडेल

 शनिबार, अशोज ४, २०७६ | onlinenews

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा स्कूल विभागका सह–संयोजक देबेन्द्र पौडलेले नेकपा र नेकपा नेतृत्वको सरकारले जनतालाई समृद्धि दिनुपर्ने बताएका छन् । हामीले जनतासँग मतको अपेक्षा गरेका थियौं, जनताले हामीलाई मत दियो अब हामीले जनतालाई विकास र समृद्धि दिनुपर्छ नेता पौडेलले भने ।
सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार पार्न विकास निर्माण साथै रोजगारीको सिर्जना गरेर जनतालाई समृद्ध बनाउँने जिम्मेवारी नेकपा र नेकपा नेतृत्वको सरकारको काँधमा छ संघीय सांसद समेत रहेका नेता पौडेलको भनाई थियो ।


जनताले नेकपासँग ठूलो अपेक्षा राखेको भन्दै जनताको अपेक्षालाई पूरा गर्ने गरि काम गर्न नेकपाबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिलाई पनि नेता पौडेलले आग्रह गरे । नेता पौडेलले भने हामीसँग जनताले भरोसा र अपेक्षा गरेका छन् हामीले जनताको भरोसा र अपेक्षालाई निरास हुन दिनुहुँदैन ।
दोलखा जिल्लामा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जाने क्रममा रामेछापको सदरमुकाम मन्थलीमा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा नेता पौडेलले यस्तो बताए हुन् ।

प्रतिकृया

Add