Hamro-Mobile-APP

मन्थली बचतको खुद मुनाफा १ करोड ३० लाख २३ हजार ८ सय ६३

 मङ्लबार, अशोज ७, २०७६ | onlinenews

७ असोज २०७६


रामेछाप– रामेछापकै ठूलो वित्तीय संस्थाको रुपमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लि.ले १ करोड ३० लाख २३ हजार ८ सय ६३ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
११ हजार रुपैयाँ पूँजिबाट सुरु भएको मन्थली बचत तथा ऋण सहकारी संस्था लि.ले २२ औं साधारण सभामा आइपुग्दा १ करोड ३० लाख २३ हजार ८ सय ६३ रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको हो ।
केही दिन पहिले सस्थाको २२ औ वार्षिक साधारणसभा गरिएको भए पनि मंलबार पत्ररकार सम्मेलनको आयोजना गरि संस्थाले गरेको काम तथा सञ्चालन गरेको गतिविधिहरु सार्वजनिक गरिएको हो ।
मन्थली साकोसले एक वर्षको अवधिमा गरेको संस्थागत विकास, शेयर सदस्यहरुका पक्षमा गरेका काम आम्दानी र खर्चको अवस्था तथा भावि कार्ययोजनाका बारेमा जानकारी गराएको थियो ।


मन्थली बचतले गत साधारण सभाबाट प्राप्त म्यान्डेट र सञ्चालक समितिले तय गरेको पुर्व निर्धारित कार्यक्रम अनुसार गरेको कामका बारेमा संस्थाका सचिव गोविन्दप्रसाद घिमिरेले जानकारी गराएका थिए ।
तामाकोशी सेवा समितिमा कार्यरत तत्कालीन ११ जना अगुवाहरुले थोरै रकम बचत गरि स्थापना गरेको संस्थामा हालसम्म आइपुग्दा बाल समेत गरि १२ हजार ७ सय १२ सदस्यहरु रहेका छन् ।
११ हजार पूँजिबाट बचत तथा ऋण सहकारी संस्था स्थापना गरि सहकारी विकासको अभियानमा जुटेको सो संस्थाले हालसम्म आइपुग्दा आफना सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा निकै ठुलो योगदान पु¥याएको छ । यस संस्थाले जिल्लाको सहकारी आन्दोलनमा अग्रणि भूमीका निर्वाह गर्दै आइरहेको पनि संस्थाका सचिव गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
मन्थली साकोसले रामेछाप र मन्थली नगरपालिकाका १६ वटा वडामा आफनो कार्यक्षेत्र विस्तार गर्दै आगामी दिनमा दुबै नगरपालिकाका सबै वडामा कार्यक्रम लैजाने तयारी गरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २५ औ राष्ट्रिय सहकारी दिवको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि बाट ३ नं प्रदेशको उत्कृष्ठ सहकारीका रुपमा सम्मान र पुरस्कार पाएको मन्थली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमै भारतको हिमाञ्चल प्रदेशको सहकारीबाट अन्तर्राष्ट्रिय स्तरको सहकारी अवार्ड समेत प्राप्त गरेको थियो ।
त्यसैगरि साकोसले गत आर्थिक बर्ष २०७५÷७६ मा कुल सम्पत्ती ८० करोड ४० लाख ७१ हजार १ सय दुई रुपैयाँ रहेको, ५८ करोड, ३९ लाख ७ हजार ३ सय सैतिस रुपैयाँ ऋण लगानी भएको, ६२ करोड ७९ लाख ४४ हजार १ सय चौवालिस रुपैयाँ बचत संकलन भएको र ७ करोड १ लाख १९ हजार रुपैया शेयर पूँजी संकलन गरिएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनको अवसरमा पत्रकार दीपक भट्टलाई सहकारीको तर्फबाट सम्मान गरेको छ । २२ औं साधारणसभामा पत्रकार भट्टलाई सम्मान गर्ने भनिए पनि कारणबस पत्रकार भट्ट संस्थाको साधारणसभामा उपस्थित हुन नसकेको कारण पत्रकार सम्मेलनकोबीच सम्मान गरिएको हो ।
पत्रकार भट्टलाई सम्मान पत्र र पाँच हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो । संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीले पत्रकार भट्टलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया

Add