Hamro-Mobile-APP

अदालतले अनुमति दिएपछि पक्राउ गर्न प्रहरी महरा निवासमा

 आइतवार, अशोज १९, २०७६ | onlinenews

असोज १९ काठमाडौं– बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको निवासमा प्रहरी पुगेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि महरालाई पक्राउ गर्न प्रहरी सभामुख निवास पुगेको हो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधिश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनले दाबी गरेकी छन् ।
आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी थिइन । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

प्रतिकृया

Add