Hamro-Mobile-APP

निवर्तमान सभामुख महरा पक्राउ

 आइतवार, अशोज १९, २०७६ | onlinenews

असोज १९ काठमाडौं– बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि महरालाई सभामुख निवासबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरीय प्रहरीबृत्त सिंहदरबार लएको छ ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधिश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रतिकृया

Add