Hamro-Mobile-APP

चिनियाँ राष्ट्रपति आज नेपाल आउँदै, परराष्ट्र मन्त्रालयसँग छैनन् दोभासे

 शनिबार, अशोज २५, २०७६ | onlinenews

२५ असोज, काठमाडौं– शनिबार चिनिया राष्ट्रपति तथा विश्वका शक्तिशाली नेता सी जिनपिङ नेपाल आउँदै छन् । राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिम तयारी भइरहँदा नेपालको परराष्ट्र मन्त्रालयमा चिनिया दोभासे नभएको खुलेको छ ।
पछिल्लो समय नेपालको चीनसँग सम्पर्क निकै बढेको बताउने गरिए पनि नेपाली परराष्ट्र मन्त्रालयसँग एकजना पनि चिनियाँ दोभासे नरहेको बताइएको छ । चिनियाँ राष्ट्रपति सीले शनिबारदेखि नेपालको दुई दिने राजकीय भ्रमण गर्दैछन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको काठमाडौं भ्रमणको तयारीका क्रममा भएका कूटनीतिक छलफलहरूमा चिनियाँ पक्षले आफ्ना लागि ल्याएका दोभासेबाटै काम चलाइएको स्रोतले बताएको छ ।
परराष्ट्र सेवामा कार्यरत कर्मचारीहरूको चिनियाँसहित विदेशी भाषाहरूमा दखल बढाउने विषय नेपालको परराष्ट्र मन्त्रालयको प्राथमिकतामा रहेको र त्यस अनुसार काम शुरू गरिएको अधिकारीहरुले बताएका छन् ।
चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको तयारी भइरहँदा नेपाल आएका चिनियाँ अधिकारीहरुले पनि आफ्नै दोभासे लिएर आएका थिए । चिनियाँ राष्ट्रपति भ्रमण तयारीको क्रममा हप्तामै तीन–चार पटकसम्म कुटनीतिक सम्वाद दोहोरिएपछि कतिपय नेपाली अधिकारीले आफ्नो देशसँग चिनियाँ दोभासे नभएकोमा खिन्नता प्रकट गरेको समेत स्रोतले भनेको छ ।

प्रतिकृया

Add