Hamro-Mobile-APP

गौरीशंकर पूर्वविद्यार्थी समाजको शुभकामना

 शनिबार, कार्तिक ९, २०७६ | onlinenews

९ कार्तिक, रामेछाप– जिल्लाको पूरानो सदरमुकाम रामेछापमा रहेको गौरिशंकर माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको संगठन गौरीशंकर पुर्वविद्यार्थी समाज रामेछापले विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम गरेको छ ।


विद्यालयका पूर्वविद्यार्थीहरुबीच पुनर्मिलन र संगठीत भई अघि बढ्ने उद्देश्यले गौरीशंकर पूर्वविद्यार्थी समाज गठन गरिएको थियो । समाजले आयोजना गरेको चियापान कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्ध पूर्वविद्यार्थीहरुले सहभागिता रहेको थियो ।
चियापान कार्यक्रममा सहभागिहरुले शुभकामना आदान प्रदान पूर्वविद्यार्थी समाजले गौरीशंकर माविको शैक्षिक तथा संस्थागत विकासमा खेलेको भूमिकाका चर्चा गरेका थिए । पूर्वविद्यार्थी समाजले विद्यालयको संस्थागत विकास लागि आपूmहरु प्रतिवद्ध रहेको पनि उनीहरुले बताएका छन् ।
समाजका अध्यक्ष राजनप्रसाद घिमिरेले संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा जानकारी गराउदै भावि कार्यक्रमको बारेमा समेत जानकारी गराएका थिए । समाजले आगामी चैत्र महिनाभित्र गौरिशंकर माविको हाताभित्र पूर्वविद्यार्थीहरुबीच पुर्नमिलन कार्यक्रम गराउन चाहेको र त्यसको तयारी शुरु भैसकेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रतिकृया

Add