Hamro-Mobile-APP

युवा उद्यमी राङदान तामाङको दुर्घटनामा मृत्यु

 शनिबार, कार्तिक ९, २०७६ | onlinenews

९ कार्तिक, रामेछाप– रामेछाप जिल्लाको युवा सफल उद्यमी राङदान तामाङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । शनिबार काठमाडौं जानेक्रममा खाँडादेवि गाउँपालिका–१ राकाथुमको बेलघारीमा मोटरसाइकल दुर्घटना परि तामाङको निधन भएको हो ।
तामाङ आफैले चलाएको प्रदेश नं. ३–०२–००१ प ९१०५ नम्बरको बाइक अनियन्त्रित भएर दुर्घटना भएको हो । रामेछापको दोरम्बा गाउँपालिका–१ घर भएका तामाङ डाँडाकटेरी एग्रिकल्चरका प्रमुख तथा जिल्लाको अगुवा कृषक समेत हुन् ।
तामाङले चलाएको बाइकको पछाडी सवार दोलखा जिल्लाका नेकपाका नेता समेत रहेका कृष्ण कार्की घाइते भएका छन् । घाइते कार्कीको अवस्था भने समान्य रहेको बताइएको छ ।

प्रतिकृया

Add