Hamro-Mobile-APP

जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

 मङ्लबार, कार्तिक १९, २०७६ | onlinenews

१९ कार्तिक, रामेछाप–रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का निरोज श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर जनता आधारभूत विद्यालय केउरेनीका कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापको सह–सचिव तथा हाम्रो अनलाइन न्यूज डट कमका ब्यवस्थापक समेत रहेका श्रेष्ठले आपूmले कखरा सिकेको जनता आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत प्रत्येक विद्यार्थीलाई एक दर्जन कपी र १ एक दर्जन डट्पेन प्रदान गरेका हुन् ।


जन्म दिनको अवसरमा आफ्नो औपचारिक शिक्षा सुरु भएको विद्यालयमा अध्ययनरत विद्यार्लीहरु पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको निरोज श्रेष्ठले बताए ।
आजभोली युवाहरुले आफ्ना जन्मभूमिलाई चटक्कै विर्सिएर शहर पलाएन हुने गरेको भन्दै आफ्नो जन्म भूमिलाई विर्सनु नहुने उनको भनाई छ । अन्य युवाहरुले पनि आफ्नो जन्म भूमिको सम्झना गरुन र जन्मभूमिको विकासमा सहयोग पु¥याउन् भन्ने उद्देश्यले आफूले जन्म दिनको अवसर पारेर त्यस अभियानको सुरुवात गरेको बताए ।


पछिल्लो समय बच्चादेखि बुढासम्मले जन्म दिनमा ठूलो धनराशी खर्चेर भोज गर्ने प्रबृत्ति बढ्दै गइरहेको बोला श्रेष्ठले सामाजिक काममा खर्च गरेर जन्म दिन मनाएका हुन् ।
श्रेष्ठ ९ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक बेद बहादुर श्रेष्ठले जानकारी दिए ।
सो विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै सोही विद्यालयमा कक्षा १ मा अध्यानरत गरिब तथा जेहेन्दार विद्यार्थी आषिश श्रेष्ठलाई कक्षा ५ सम्म अध्ययन गर्नको लागि वार्षिक ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने पनि घोषणा गरेका छन् । विद्यार्थी श्रेष्ठको पढाई खर्चमा सहयोग पु¥याउने उद्देश्यले यसै शैक्षिक सत्रबाट आर्थिक सहयोग प्रदान गर्ने पनि श्रेष्ठले बताएका छन् । कक्षा १ को प्रथम रहेका विद्यार्थी आषिश श्रेष्ठको परिवारको आर्थिकस्थित अत्यन्तै नाजुर रहेकाले उनी मावलमा बसेर पढ्दै आएका छन् । उनको मावलको आर्थिक अवस्थामा पनि नाजुक रहेको छ ।

 

प्रतिकृया

Add