Hamro-Mobile-APP

हातखुट्टा बाँधि दिएपछि कसरी काम गर्नुः बस्नेत

 बिहिबार, कार्तिक २१, २०७६ | onlinenews

२१ कार्तिक, रामेछाप– मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले आपूmले काम गर्न खोज्दा हातखुट्टा बाँधिएको कारण आपूmले चाहँदा चाहदै पनि काम गर्न नसकिएको गुनासो गरेका छन् । काम गर्न खोज्दा नागरिक समाज, पत्रकार र नगरबासीले आपूmलाई असहयोग गरेको बस्नेतको गुनासो छ ।
मलाई नगरबासीको हितमा नगरको विकास गर्न मन छ तर काम गर्न खोज्दा चारहात खुट्टा बाँधिन्छ र काम गर्नै दिइदैन अनि कसरी हुन्छ नगरको विकास नगर प्रमुख बस्नेतले भने ।
मन्थलीको अभिसापको रुपमा रहेको रणजोर खोला नियन्त्रणको प्रयास गर्दा होस्, मन्थली बजारलाई ब्यवस्थित बनाउन पहल गर्दा होस् वा सडक विस्तार गर्दा विभिन्न अवरोधहरुको सामना गर्नु प¥यो बस्नेतको भनाई थियो ।
एक पत्रकारको श्रीमतिलाई मन्थली नगरपालिकामा जागिर नखुवाएको कारण आफ्नो चरित्र हत्या गर्ने नियतले समाचार प्रकाशन गरेको पनि नगरप्रमुख बस्नेतले गुनासो गरे । पत्रकारको श्रीमतिले मन्थली नगरपालिकामा जागिर नपाएको कारण नगर प्रमुखको चरित्र हत्या गरियो त्यसलाई पत्रकार भन्ने कि भन्ने उनले प्रश्न गरे ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं. ३ ले मन्थलीमा आयोजना गरेको “श्रमजीवि पत्रकार ऐन २०५१ र न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था र चुनौति” विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बस्नेतले यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाको संस्थागत विकासको लागि आपूmले सबै भन्दा धेरै सहयोग र भूमिका निर्वाह गरेको पनि बस्नेतले बताए । पत्रकारिताको नाममा भइरहेको पित पत्रकारिताको नियमन गर्न उनले प्रेस काउन्सिललाई आग्रह गरे ।
मन्थली नगरपालिका प्रमुख बस्नेतले फरक प्रसंगमा गाउँगाउँमा सिंह दरवार आयो भनिए पनि गाउँका जनताले गाउँमा सिंह दरवार आएको अनुभूति गर्न नपाएको बताए । गाउँगाउँमा सिंह दरवार आयो भनिएको छ, हातखुट्टा बाँधेर राखिएको छ अनि कसरी आउँछ गाउँगाउँमा सिंह दरवार बस्नेतको भनाई थियो ।
त्यस्तै मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदाश श्रेष्ठले ड्राइभर, खलासी र पत्रकारिता नबुझेको मानिसले कारिताको विल्ला भिरेर पत्रकारिताको विश्वस्नीयता माथिनै प्रश्न उठाएको बताए ।
केही पत्रकारले पटक–पटक आफ्नो चरित्र हत्या र मानहानी हुने समाचार लेखर आफ्नो विरुद्धमा भ्रम सिर्जना गरेको उनले गुनासो पनि गरे । मानहानी गर्ने र चरिहत्या गर्ने गरि समाचार लेख्नेलाई कारबाही गर्न पनि उनले माग गरे । आजभन्दा अघि मेरो चरित्र हत्या जति ग¥यो अबका दिनमा फेरि त्यस्तो भ्रामक र चरित्र हत्या गर्ने समाचार नलेख्न म चेतावनी दिन चाहन्छु उनले भने ।

प्रतिकृया

Add