बाख्रा कृषकलाई कृषि यन्त्र उपकरण प्रदान
बुधबार, पुस २९, २०७७
२९ कार्तिक, रामेछाप–उमाकुण्ड गाउँपालिका–५ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वडा अध्यक्षको उम्मेदवारी दिएका कुलबहादुर बस्नेतले जनताकै अनुरोधमा आपूmले उम्मेदवारी दिएको बताएका छन् ।
१७ महिना कार्यवाहक वडा अध्यक्ष भएर काम गर्दा मैले कस्तो काम गर्छु भन्ने कुरा जनताले बुझिसकेकाले आफ्नो जित सुनिश्चित भएको उनले दावि गरे । उनले भने–मेरो जित सुनिश्चित छ, दुईतिहाईको मतान्तरले म विजयी हुने आँकलन गरेको छु, यो निश्चित छ ।
काँग्रेस पार्टीमा आस्था राख्ने धेरै मतदाताहरुले पनि आपूmलाई मतदान गर्ने उनले दावि गरे । उपनिर्वाचनको घोषणा भएको वडा नम्बर ५ मा गर्नुपर्ने कामहरु धेरै रहेको भन्दै आपूm वडा अध्यक्षमा निर्वाचित भएपछि बाँकी कामहरु पूरा गर्ने बताए ।
वडा कार्यालय अहिले भाडामा बसेकाले आपूm वडा अध्यक्षमा निर्वाचित भएमा वडा कार्यालयको भवन बनाउने बताए । उनले भने– म वडा अध्यक्षमा निर्वाचित भएपछि वडामा ३ देखि १० करोड सम्मको बजेट ल्याएर सडक, खानेपानी, सिंचाई र पर्यटकको विकास गर्नेछु । शैक्षिक गुणस्तर र खेल क्षेत्रको विकासको लागि पनि लागि पर्नेछु उनको भनाई छ ।