Hamro-Mobile-APP

रामेछापको भुजीमा उद्घोषण तथा क्षमता विकास तालिम

 बुधबार, पुस २, २०७६ | onlinenews

२ पौष, रामेछाप– उमाकुण्ड गाउँपालिका–७ भुजीमा ५ दिने उद्घोषण तथा क्षमता विकास तालिम सञ्चालन सम्पन्न भएको छ । वडा स्तरीय आमा समूह सञ्जाल भुजीले महिलाहरुको क्षमता विकास तथा बोल्ने कलाको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको हो ।
उमाकुण्ड गाउँपालिका–७ का अध्यक्ष रुद्रमणि नेवारले वडाको महिलाहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताए । पाँच दिने उद्घोषण तथा क्षमता विकास तालिमबाट सहभागिहरुले आफ्नो समस्या राख्न र बोल्न चाहेको कुरा स्पष्ट रुपमा ब्यक्त गर्न सक्ने क्षमताको विकास भएकोमा आपूm विश्वस्त रहेको पनि वडा अध्यक्ष नेवारले बताए ।


तालिम समापन समारोहलाई संवोधन गर्दै उमाकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य मनिका सुनुवारले गत आर्थिक वर्षमा गाउँपालिकामा सञ्चालन गरिएको उद्घोषण तथा क्षमता विकास तालिमबाट वडामा पनि यो तालिम सञ्चालन गर्न आवश्यक ठानेर तालिम सञ्चालनको लागि बजेट विनियोज गर्न आपूmले पहल गरेको बताइन ।
आफ्ना पहलमा तालिम सञ्चालन गर्न सफल भएको भन्दै आगामी दिनमा पनि महिलाहरुको क्षमता विकास तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्नको लागि पहल गर्ने प्रतिवद्धता पनि जनाइन ।
उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोग तथा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा सञ्चालन गरिएको तालिममा ८० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पत्रकार युवराज श्रेष्ठ र सुमित श्रेष्ठले गरेका थिए ।

प्रतिकृया

Add