पार्टी कार्यालयको भवन बनाउन जग्गा दान

 शुक्रबार, साउन २, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


२ साउन, रामेछाप– नेपाल काँग्रेसका स्थानीय कार्यकर्ता यममाया खत्री र उनका छोरा मिलन खत्रीले पार्टी कार्यालयको भवन निर्माणको लागि जग्गा दान गरेका छन् । खाडाँदेवि गाउँपालिका–६ माकादुमको साइबारीस्थित यममाया खत्रीको नाममा रहेको ८ आना जग्गा नेपलाी काँग्रेस खाँडादेवि गाउँपालिका पार्टी कार्यालय भवन निर्माणको लागि दान दिएका हुन् ।
शुक्रबार जग्गा पार्टीको नाममा पास गरिदिएर जिल्ला कार्यसमितिका नेताहरुको रोहवरमा नेपाली काँग्रेस खाँडादेवि गाउँपालिका अध्यक्ष तेज घिसिङलाई लालपूर्जा हस्तान्तरण गरिएको छ ।


जग्गादाता यममाया खत्री र उनका छोरा मिलन खत्री नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा पुगेर पार्टी सचिव लेखबहादुर कार्की, कोषाध्यक्ष–कुमार श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य मदन अधिकारी, साजु श्रेष्ठ र जिल्ला नेता नारायण बोगटीको रोहवरमा गाउँपालिका पार्टी अध्यक्ष घिसिङलाई लालपूर्जा हस्तारण गरेका हुन् ।

जग्गादाता यममाया खत्रीका छोरा मिलन खत्रीले पार्टीको दान गरेको जग्गाको लालपूर्जा हस्तारण कार्यक्रममा पार्टी गाउँपालिकाको अफिसीयल सम्पूर्ण कामहरु आफ्नै भवनबाट होस र आगामी दिनमा पार्टी एकढिक्का भएर अगाडि बढोस भन्ने उद्देश्यले जग्गा प्रदान गरिएको बताए ।
पार्टीको चौथो अधिवेशन अगाडी नै पार्टी कार्यालय भवन निर्माण गरिने खाँडादेवि गाउँपालिकाका पार्टी अध्यक्ष तेज घिसिङले बताए । पार्टी कार्यालय भवन निर्माणको लागि भोलीदेखि नै काम सुरु हुने नेपाली काँग्रेस खाँडादेवि गाउँपालिका–६ का पार्टी अध्यक्ष सुरेन्द्र केसीले बताए ।
स्थानीय तहमा पार्टी कार्यालय भवन निर्माणको लागि नेपाली काँग्रेसलाई जग्गा प्राप्त भएको यो दोश्रो हो । यस अघि गोकुलगंगा गाउँपालिकाको चुचुरेमा नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताले पार्टी कार्यालयको भवन निर्माणको जग्गा दिएका थिए ।

प्रतिकृया

Add