नेपाली काँग्रेस रामेछापद्धारा विपी स्मृति दिवसमा वृक्षारोपण

 मङ्लबार, साउन ६, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


६ असार, रामेछाप– नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय विपी कोइरालाको ३८ औं स्मृति दिवस, नेपाली काँग्ररेस रामेछापले वृक्षारोपण गरेर मनाएको छ । कोइरालाको स्मृति दिवस पारेर रामेछाप नगपालिका–८ विटार पार्क आसपासको क्षेत्रमा वृक्षारोपण गरेको हो ।
नेपाली काँग्रेस रामेछापको आयोजना तथा नेपाली काँग्रेस रामेछाप नगर कार्यसमितिको सह–आयोजनामा निर्माणाधिन विटार पार्कको आसपासका क्षेत्रमा ५ सय विरुवा रोपिएको नेपाली काँग्रेस रामेछापले जानकारी दिएको छ ।


विटार पार्कलाई समेत शोभायमान बनाउने उद्देश्यले पार्क आसपासको क्षेत्रमा इपिल, सिसौं बकाइनो लगायतका विरुवा साथै आँप, लिची लगायतका फलपूmल र पूmलजातका विरुवाहरु रोपिएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुङ्गेलले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस रामेछापका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add