बागमती प्रदेश प्रहरी प्रमुखद्धारा कभडहल शिलान्यास

 बिहिबार, साउन १५, २०७७ | onlinenews

१५ साउन, मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालयको परिसरभित्र कभडहल (बहु उद्देश्यीय भवन) को शिलान्यास भएको छ । बिहीबार एक कार्यक्रमकोबीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रदेश प्रहरी कार्यालयभित्र निर्माण हुन लागेको कभडहलको शिलान्यास गरेका हुन् ।
प्रदेश प्रहरीभित्र आयोजना गरिने विभिन्न प्रशिक्षण, कार्यक्रम साथै खेलकुदका गतिविधिहरु सञ्चालन गर्न समस्या भएकाले कभडहरु निर्माण गर्न लागिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
प्रहरी समायोजन पश्चात प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा कार्य गर्नुपर्ने भएकाले प्रहरीको आन्तरिक गतिविधि (प्रशिक्ष, सभा, गोष्ठि) लगायको खेलकुद सम्बन्धि कार्यक्रम सञ्चालनको लागि सहज होस् भन्ने उद्देश्यले कभडहल निर्माण गर्न लागिएको प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक गिरीले बताए ।
प्रदेश प्रहरी कार्यालयको आन्तरिक श्रोत तथा अन्य निकायहरुको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको कभडहलको अनुमानित लागत ८४ लाख रुपैयाँ रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *