रामेछापमा दर्जनौं युवाले नेकपा त्यागे

 शनिबार, साउन १७, २०७७ | onlinenews

१७ साउन, रामेछाप– मन्थली नगरपालिका–८ चिसापानी र रामेछाप नगरपालिका–२ देउरालीका–४ का दर्जनौं युवाहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राज्य कुशासन र दण्डहीनताको अखडा भएको भन्दै आपूmहरु नेकपा त्यागेर काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् ।
रामेछाप नगरपालिका–२ देउरालीमा रमेश पौडेलको नेतृत्वमा १२ जना युवा तथा मन्थली नगरपालिका–८ का टेकबहादुर मगर, ओमबहादुर मगर, अर्जुन नेपाली, कालुमान माझी, बाशुदेव ढुङ्गेल लगायत ४८ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य एवं नेपाली कांग्रेस रामेछापका नेता रत्नहरी ढुंगेलले जानकारी दिए ।
नवप्रवेशिलाई नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानले स्वागत गरेका थिए ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *