Hamro-Mobile-APP

कुण्ठा पाल्ने कि फाल्ने ?

 बिहिबार, भदौ १८, २०७७ | onlinenews

निरोज खड्का


हामी कोही पनि आजसम्म आपूmले फेरिरहेको स्वासप्रति सचेत छैनौं । सधैं हिडिरहेको बाटोप्रति सचेत हुँदैनौं, पिइरहेको पानीप्रति सचेत हुँदैनौं । रातको मीठो निन्द्राको बिषयमा कुनै धारणा बनाउँदैनौं । जब यी कुराले हामीलाई साथ दिन छाड्द छन् र यीनको असर वा अभाव महसुस हुन थाल्दछ तब यस्ता कहिल्यै महसुस नगरेको बिषयले पनि अनुभव शून्यताबाट हाम्रो सोचाइ, बिचार र दृष्टिकोणमा एकाएक फरक तरंग ल्याइदिन्छन । अनि थाल्द छौं, यीनको आवश्यकता, उपादेयता र महत्व बुझ्न ।
त्यस्तै हामीले आफ्नै जिन्दगीका कति गुण वा दुर्गुणलाई चिनिरहेका हुँदैनौं । जानेर वा नजानेर कति असल कुरालाई हामीले आपूmभित्रै मारिरहेका हुन्छौं भने कति खराब कुरालाई प्रेमपूर्वक पालिरहेका हुन्छौं, मानौं कुनै प्रिय पाल्तु जनावरलाई जसरी । आज मैले उठान गर्न खोजेको प्रशंग हो (कुण्ठाको अर्थात, मान्छे भित्र हुर्कने एक किसिमको तुषको । वास्तवमा हामीले कुण्ठा पाल्ने कि फाल्ने त ?
मानव शरीरमा भएका ज्ञानेन्द्रीयहरु सीमित क्षमताका हुन्छन् तर यो ब्रह्माण्ड असीमित छ । सीमित इन्द्रियहरुको प्रयोग गरेर हरेक जसो मान्छे फगत तिनै कुराको चरम उपयोगका लागि दौडिरहेका हुन्छन् । जस्तो कि पद, प्रतिष्ठा, पैसा, शक्ति, सम्बन्ध आदि । तर यी कुरा सबैलाई सजिलै प्राप्त हुदैनन् । तब मान्छे चल्दछ (रिकल्पनाले, विश्वासले, अन्धविश्वासले, भ्रमले, आवेगले, प्रतिशोधले, जलन, रिस अनि कुण्ठाले ।
भगवान श्रीकृष्ण भन्छन् (हरेक मान्छेमा आफ्नै इच्छा वा कामना जगृत हुन्छ । त्यस्को प्राप्तिको लागि उसले अनेकन प्रयत्न गर्छ । कसैले प्रयत्नमा बाधा व्यवधान गरे उसलाई रिस उठ्छ । रिसले सत्य र असत्य छुट्याउने विवेकको अन्त्य गर्छ । जब मानवले विवेक भुलेर आवेगले काम गर्छ, तब उसको सर्वनाश हुन्छ । ब्यक्तिको नाश हुँदा त्यस्को क्षति जरुर समाजले ब्यहोर्छ ।
कुण्ठा आफैंमा एउटा शक्ति हो । अझ भनौं ऐजेरु जसरी मान्छेभित्र जेलिएको एउटा बिल्कुल आसुरी शक्ति । जुन मन भित्रैबाट सिर्जित हुन्छ । जसले मान्छेलाई केवल नकारात्मक, प्रतिशोधपूर्ण मनोविज्ञानबाट सञ्चालित मात्रै गर्दैन कि उसको आफ्नै शरीरका कोष र अङ्गहरुलाई समेत क्रमशः असर पुर्याउदै जान्छ । मेडिकल साइन्सले भन्छ (चिन्ताले जस्तै कुण्ठाले रोग, क्रोध, आक्रोश, अनिन्द्रा, डिप्रेशन, अपच, प्रेशर, ब्रेन ह्यामरेज आदि निम्त्याउँछ । अझ मुलतः यसले वैयक्तिक र सामाजिक सम्बन्ध, सद्भाव र सहिष्णुतामा दरार ल्याउने कुरा त छदैछ । समाजमा जति पनि नराम्रा घटनाहरु घट्छन, कालान्तरमा ती मान्छेको मनमा उब्जिएको तृष्णा, तुष वा कुण्ठाकै विकृत रुप हुन् ।
जब हामीले कसैलाई हेरेर जिन्दगीको बाटो तय गर्न खोज्छौं वा कसैको सफलताभित्र आफ्नो असफलता भेट्छौ, कसैको खुसीमा आफ्नो दुःख अनुभूति गर्छौं या त आफ्नो सफलतामा कोहि बाधक देख्छौं, अनि जब हाम्रो मनमा प्रतिस्पर्धा, प्रतिशोध इष्र्या वा बदलाको भावना जागृत हुन्छ, त्यसैले जन्माउँछ (कुण्ठा) । जसले हाम्रो बिचार, प्रवृत्ति, व्यबहार र दृष्टिकोणलाई प्रत्यक्ष वा परोक्ष प्रभाव पार्दछ । फलतः साना भन्दा साना कुराहरूमा पनि अन्तरंग वाद, प्रतिवाद वा संवादले होइन, कपटपूर्ण कुण्ठाले स्थान जमाउँछ ।
मानव जीवन आत्मा तत्वबाट निर्मित जीवात्मा र परमआत्माको दिव्य अंश हो । सिंगो जगतको एकमात्र चेतनशील प्राणी भएको नाताले उसले कुनै पनि बिषय निरपेक्ष भएर सोच्नुपर्छ । निष्पक्ष चिन्तनवाट विवेकको प्राप्ति हुन्छ । विवेक गुमाउँदा र विवेकको अधिकतम प्रयोगबाट निस्किने परिणाममा आकाश पातलको अन्तर हुन्छ । ब्यक्तिमा विवेकको जागरणले दया, धर्म, प्रेम, करुणा, अहिंसा, सत्कार, सत्कर्म, सत्चरीत्र आदिको मार्ग खुल्दछ भने विवेक गुमाउँदा ठीक त्यसको उल्टो । कुण्ठा आफैंमा खराब लत हो । भनिन्छ, यसको अन्त्य बुद्धितत्वको बिकासबाट हुन्छ । बौद्धिक ऋषिहरुले हरेक वाङ्ग्मयमा बुद्धि तत्वको गुणगान गाएका छन् मानौं कि सबै दुर्गुणको औषधि यहीँ हो । अझ हितोपदेशमा भनिएको छ ‘बिद्याले मनुष्यलाई नम्रता दिन्छ, नम्रताले योग्यता, योग्यताले धन, धनले धर्म र धर्मबाट मनुष्यले सुख प्राप्ति गर्छ ।’
महाभारतमा धृतराष्टका छोरा दुर्योधन द्वेष, डाहा र कुण्ठाको प्रतिक थिए । सानैदेखि उनमा नकारात्मक प्रतिस्पर्धा र प्रतिशोधको भावना विकसित हुँदै गयो । जसको परिणाम महाभारतमा छलकपट, अन्याय र अत्याचारको स्थिति सिर्जना भयो । परिणाम कुरुक्षेत्रमा विभत्स ढंगले नरसंहार भयो । नरसंहारको एउटै कारण थियो दुर्योधन भित्रको कुण्ठा । कुण्ठाले ब्यक्तिलाई निर्दयी बनाउछ । ब्यक्तिको कुण्ठाकै कारण संसारले दुई दुई पटक विश्वयुद्ध लगायत कयौंपटक ठूलाठूला युद्धको सामना गर्नुपर्यो । राजनीति, धर्म, वाद, जात वा सम्प्रदायका नाउँमा संसारमा करोडौं निहत्था मान्छेले अकालमा मृत्युवरण गर्नुपर्यो ।
रिस र कुण्ठाको सिकार मान्छे मात्रै हुदैनन् । खृष्टियन धर्मका प्रवर्तक जिसस क्राइष्टलाई हातपाउमा फलामको किल्ला ठोकी क्रुशमा झुन्ड्याएर मृत्युदण्ड दिइयो । उनिप्रति घृणा फैलाउने क्रूर ब्यक्तिहरु उनलाई चरम यातना दिदै थिए । क्राइष्टले आकाशको अनन्त विस्तारमा हेरेर भनेका थिए, ‘हे भगवान ! यीनिहरुलाई क्षमा गर । किनकि अज्ञानताको सिकार भएका यीनिहरुलाई केहि थाहा छैन कि यीनिहरु यो के गरिरहेका छन ।’ भगवानले जिससका हत्याराहरुलाई क्षमा दिए कि दिएनन् तर मृत्युको अन्तिम घडीमा आफैंलाई सुली चढाउने मुर्खहरुलाई क्षमादान दिएर परमधाम भए क्राइष्ट ।
हरेक मानवले ‘सत्यम शिवम सुन्दरम’को मार्ग हिड्ने हो भने बेकारको मृगतृष्णा पालेर दःुखी भइरहनै पर्दैन । अनेकन कठिनाइका वावजुद त्यहीँ मार्ग कैयन महान हस्तीहरु हिडें । भगवानको पालामा पनि गल्ती हुन्थ्यो, प्रायश्चित चल्थ्यो । थोरै झुठ बोलेर गल्ती गर्नाले युधिष्टिरले समेत नरक देख्नु परेको थियो । राजा हरिश्चन्द्रले सत्य पालनाका लागि दरबार छाड्नु पर्यो । गौतम बुद्धले शान्तिका खातिर सम्पूर्ण राजकीय जीवन त्यागेर भिक्षु बन्ने संकल्प गरे । सत्कर्मकै फल एरिस्टोटल, प्लेटो र अरस्तुहरु मरेर पनि अनन्तकाल बाँचीरहेका छन् । कर्मले महान भएका ब्यक्तिहरु पूर्वका वा पश्चिमका मात्रै हुदैनन् । ती इतिहासका वा वर्तमानका साझेदार मात्रै पनि हुदैनन् । न त तिनीहरु कुन समाजका, कुन जातका, कुन धर्म सम्प्रदायका वा कुन भूगोलका हुन् त्यो हेर्न नै जरुरत हुन्छ । जब कुनै परिवारमा यस्तै महान विभूतिले जन्म लिन्छ, उ अन्ततः समाज, राष्ट्र र सम्पूर्ण मानव जातीकै अमूल्य सम्पदा बन्न पुग्छ ।
मान्छेले नै हो अक्षरलाई मन्त्र बनाउने, बिषबृक्षबाट पनि औषधि बनाइन्छ, चिहानमा फालेको ढुंगामा पनि भगवानको आकृति निकाल्न सकिन्छ । आजको दुनियाँमा साच्चै असम्भव भन्ने त गौण कुराहरु छन् । भलै मरुभूमिलाई बदल्न सकिन्न, हिमालय पर्वत बदल्न सकिन्न, दिन र रातलाई बदल्न सकिन्न । तर मान्छेले आफ्नो स्वभाव बदल्ने कुरा कत्ति पनि गाह्रो छैन । आपूmलाई चिनेर सबैले आपूmभित्रको कुण्ठा फाल्न सक्नुपर्छ । रिस, द्वेष र आक्रोशलाई जीवनशैलीको सारथि बनाइनु हुँदैन । त्यसको लागि आफैं भित्र अन्तर्निहित केहि कुराको जागृति मात्रै जरुरी छ ती हुन् स विवेक, हार्दिकता, बन्धुत्व, निश्वार्थीपन, कृतज्ञता, उदारता, धैर्यता, अनि सत्य, अहिंसा र शान्ति !
निसंदेह संसार कुण्ठा पाल्नेहरुले होइन, फाल्नेहरुले नै जित्छन् । तथास्तु !

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Sano babu Puri

    अत्यन्त सान्दर्भिक,मार्मिक र आजको बास्तबिकतालाई उजागर यो लेख को लागी मित्र निरजलाई धन्यबाद।बास्तबमा हरेक शिक्षित मानबले कुण्ठा फ्याकेर अघि बढ्ने हो भने सत्यम शिबम सुन्दरम हुन्छ।