विपीको जन्मजयन्तीमा शालिकमा माल्यार्पण गरेर सम्झिए रामेछाप काँग्रेसले

 बुधबार, भदौ २४, २०७७ | onlinenews

२४ भदौ, रामेछाप– नेपाली काँग्रेस रामेछापले विपी कोइरालाको जन्मजयन्ती विपीको शालिकमा माल्यार्पण गरेर मनाएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापको आयोजनामा विपी कोइरालको १०७ औं जन्मजयन्ती मन्थलीमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गरेर मनाएको हो ।
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण माल्यार्पण कार्यक्रममा काँग्रेस रामेछापका सीमित नेता तथा कार्यकर्ताहरुको मात्र सहभागिता रहेको थियो । कोरोनाभाइरस महामारीका कारण नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विपी कोइरालको जन्मजयन्ती भब्य रुपमा मनाउन नसकिएको गिरीजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष दिपक खड्काले बताए ।
नेपाली कांग्रेसले वीपीको जन्मजयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरि मनाउने जनाएको छ । नेपाली काँग्रेसका संस्थाक नेता समेत रहेका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो उनको निधन विसं २०३९ साउन ६ गते भएको थियो ।

प्रतिकृया

Add