Hamro-Mobile-APP

रामेछापको गौश्वरामा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

 मङ्लबार, अशोज २०, २०७७ | onlinenews

२० असोज,रामेछाप- रामेछापको दोरम्बा गाउँपालिका–४, गौश्वारामा गय राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ट्याकटरमा रहेका एक यात्रु भने हामफालेर बच्न सफल भएका छन् । मृत्यु हुनेमा ट्याक्टर चालक पेमा लामा र यात्रु फूर्वाज्यालेन लामा रहेका छन् ।
काभ्रे जिल्लाको जिरोकिलोबाट डिजेल बोकेर गौश्वाराको सानोशैलुंगतर्फ जाँदै गरेको ना ७ त ८७३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
ट्याक्टरको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द पौडेलले जानकारी दिए ।

प्रतिकृया

Add